जनकपुरधाम । जनकपुरधाममा धर्म परिवर्तन गराउने महिला र पुरुषलाई कालोमोसो गरिएको छ । क्रिश्चियन धर्मको प्रचार गरी धर्मान्तरण गराउने उनीहरुलाई गरिएको छ ।
जनकपुरधामस्थित परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने क्रममा उनीहरुलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका हुन् । धरान घर भएको दिपेन्द्र घिमिरे उनको श्रीमती(नाम नखुलेका)लाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले कालोमोसो दलेको बताएको छ ।
हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।
करिब ६ महिनादेखि उनीहरु जनकपुरधाम उपमहानगरपालिका ७ मा कोठा भाडा लिएर बस्दै आएको बुझिएको छ । ट्रमा होस्पिटल एरियामा १५ का दरले कोठा(फ्लयाट) भाडामा लिई बसिरहेका छन्। र सोही फ्लयाटमा दैनिक ७÷८ जनालाई बोलाई क्रिश्चियन धर्मको बारेमा ज्ञान दिने र साथै फोटोमा रहेको ट्रली लिएर समेत टोल टोलमा गई महिला र बच्चाहरु लाई क्रिश्चियन धर्म अपनाउन पैसाको प्रोलोभन देखाउँदै आएको स्थानीय हिन्दूवादी युवाहरुको आरोप छ ।
उनीहरुले दुबैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।
पछिल्लो समय क्रिश्चियनहरुले मधेशमा व्याप्त मात्रामा सिधासोझा हिन्दु धर्मावलम्बीलाई लक्षित गरि प्रमेश्वर पिताको नाममा भुतप्रेत भाग्ने, रोग कष्टबाट मुक्त हुने भन्दै प्रचार गर्ने गरेका छन् । कतिपय ठाउँमा उनीहरुलाई अवरोध समेत गर्ने गरिएको छ ।