वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति पर्साले गौ बध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई कारवाही गर्न माग गरेको छ । राप्रपा पर्साले मङ्गलवार जिल्ला प्रशासन कार्याल पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाही गर्न माग गरेको हो ।
धरानमा गौबध गरी मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्नेसँगै त्यसको समर्थन गर्नेहरुलाई पनि सरकारले कारवाही गर्न नसकेको भन्दै राप्रपा पर्साले आपत्तीले जनाएको छ । हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वप्रति सरोकार पक्ष्क्ष र सरकारले निस्क्रियता देखाएको राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले बताए ।
शान्तिपूर्ण रुपले बिना हतियार भेला हुन पाउने अधिकारअनुरुप विशाल जनसभा गर्न खोज्दा निषेधाज्ञा लगाएर निरङ्कुश लादिएको उपाध्यायले हस्ताक्षर गरेको ज्ञापत पत्रमा उल्लेख गरिएको छ । संविधान र प्रचलित कानुनको बर्खिलाप काम गर्ने विरुद्ध कडा कानुनी कारवाही गरी हिन्दु धर्मावलम्बीको आस्थाको सम्मान गर्न र समाजमा मेलमिलाप तथा शान्तीको वातावरण कायम गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।