वीरगंज । भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा अवैध पटाका उत्पादन गर्ने एउटा कारखानामा विस्फोट भएको छ ।
विस्फोटमा परेर कम्तिमा ७ जनाको मृत्यु भएको छ । विस्फोटमा अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।
घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।