वीरगंज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तर पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ ।
केहिदिन देखिको लगातार बर्षाका कारण देशभरका कयौ मानिसको दैनिक जीवन कष्टकर बनेको छ बाढी पहिरोले घर खेत बगाउनुका साथै पशु चौपाया समेत बगायको छ यसैबीच अविरल बर्षा पछि आयको बाढिले पर्साको जिराभवानी गा.पा वडा नं.१ पिपरा टोलका ९ जनाको घर डुवानमा परेको छ । स्थानीय शिव सन्कर गिरि , राजेश प्रसाद , मनिलाल साह ,खिचडी महतो ,जंगाली राय , जाला देवि , महेन्द्र शर्मा ,सुरेन्द्र पस्वान र जगुलाल महतो शकर दास को घर डुबान मा परेको ईलाका प्रहरी कार्यालय सेढवा का प्रहरी नायब निरीक्षक नवल किशोर साहले जानकारी दिनुभयो बाढिका कारण ती घरमा पुर्ण क्षेती पुगेको छ ।
केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताए । उनले भने, ‘लगातारको वर्षा भने आजबाट रोकिनेछ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ ।’ आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए ।