वीरगंज । नेपाली कांग्रेसले मधेस प्रदेशको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जनालाई मनोनीत गरेको छ । कांग्रेसका मधेस प्रदेश सदस्य जीवननाथ चौधरी प्रमुख रहेको प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट विजय कुमार सर्राफ, विवेक चौरसिया र नेहा मिश्र मनोनीत भएका हुन् ।
काङ्ग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ११ को (ख) बमोजिम चौधरी प्रमुख रहने गरी विभागको गठन गरेकमा पर्साबाट उक्त विभागमा सर्राफ, चौरसिया र मिश्र मनोनीत भएका हुन् ।
उक्त विभागमा बाराबाट उपेन्द्र यादव , दिनेश सुबेदी र बबिता जयसवाल मनोनित भएको काङ्ग्रेस मधेस प्रदेशका मुख्य सचिव सन्तु प्रसाद यादवले जनाएका छन् ।