वीरगंज । संसद् अवरोध हटाउने प्रयासस्वरुप शीर्ष नेतासहित सचेतकको छलफल सुरु भएको छ ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् ।
हिजोका लागि तय भएको बैठक ओली बिरामी भएपछि आजका लागि सारिएको थियो । एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन । शीर्ष नेताहरूबीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउने सहमति जुटिसकेको छ ।