वीरगंज । भारतको दिल्लीमा पर्साकाे एक युवककाे मृत्यु भएकाे छ । घर निर्माणकाे काम गर्ने क्रममा ४ तल्ले भवनबाट खसेर छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ भलुवहिया निवासी २३ बर्षिय सत्येन्द्र प्रसाद यादवकाे मृत्यु भएकाे वताइएकाे छ । तर घरपरिवारले मृत्यु संकास्पद रहेकाे जनाएका छन् ।
सत्येन्द्रकाे भारतको दिल्लीस्थित नाेइडा सेक्टर ६२ मा रहेकाे फाेरटिस हाेस्पिटलमा साउन २९ गते साेमबार नै उपचारको क्रममा मृत्यु भएपनि बुधबार मात्र शव भुलुवहियास्थित घरमा पुगेकाे छ । शव घरमा पुगेपछि गाउँ नै शाेकमा डुबेकाे हाे । ठेक्दार घनश्याम यादवका अनुसार मृतक सत्येन्द्र भारतको दिल्ली सेक्टर ५८ अमरउजाला टोलको सोसाइटीको ४ तल्ले भवनमा काम गर्ने क्रममा साेमबार दिउसाे २ बजेकाे करिबमा खसेका थिए ।
त्यसपछि उनलाई उपचारकाे लागि अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही दिन सांझ ७ बजे अस्पतालले उनलाई मृत घाेषणा गरेकाे थियाे । अस्पतालले मृत घाेषणा गरेपछि दिल्ली मै उनकाे शव परिक्षण समेत भएकाे थियाे । त्यसपछि त्यहाँकाे प्रशासनले मृतककाे आफन्तलाई शव जिम्मा लगाएर पठाएकाे थियाे । ३ महिना अघि मात्र मृतक सत्येन्द्र राेजगारीकाे शिलसिलामा दिल्ली गएका थिए । उनकाे एक १५ महिनाकाे छाेरी रहेकी छन् ।