वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।
गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।