वीरगंज । नेपाल विद्यार्थी संघले वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीसंग अभद्र व्यवहार गर्ने समाजवादी विद्यार्थी युनियनका नेता कार्यकर्तालाई कारबाही गर्न माग गरेकाे छ ।
नेविसंघका जिल्ला सचिव फिराेज अन्सारीले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै कर्मचारीलाई गाली गलाैज र अपशब्द प्रयाेग गरि अभद्र व्यवहार गर्ने युनियनका नेता कार्यकर्तालाई कारबाही गर्न क्याम्पस प्रशासनसंग माग गरेका हुन् । सचिव अन्सारीले जारी गरेकोे विज्ञप्तिमा युनियनले राखेकाे मागका बारेमा मंगलबार क्याम्पस प्रशासन र युनियनबिच छलफल भइरहेकै बेला युनियनका विद्यार्थी नेताहरुले स्टाेर शाखा प्रमुख गीता श्रेष्ठ ,
कर्मचारी पिंकी कुशवाहा लगायतलाई अपशब्द र गालीगलाैज गरी दुर्व्यवहार गरेकाले त्यसमा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ । मंगलबारनै समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रशासनसंग वार्ता भइरहेका बेला क्याम्पसका कर्मचारीहरुले युनियनका नेता कार्यकर्ताहरुलाई हातपात र दुर्व्यवहार गरेकाे भन्दै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाे थियाे ।