वीरगंज । मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी तारापानीका इन्चार्ज रमानन्द उपाध्यायले बताए ।
जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका वडा नम्बर ५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही, वडा नम्बर २ का दिनेश लावड लगायत रहेकाे प्रहरीले जनाएको छ ।