वीरगंज । पर्साको ग्रामीण भेगमा रहेका बालबालिकाहरुलाई एक दम्पतिले शैक्षिक सामग्री सहयोग गरेका छन् । बारा घर भइ हाल काठमाडौंमा बस्दै आएका प्रयास बस्नेत र धर्ती कट्वालले दलित समुदायका दुई सय बालबालिकाहरुलाई कापी, कलम , कटर , इरेजर लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ कौवाबन र कटैयास्थित मुसहर वस्तीमा सञ्चालित सामुदायिक निशुल्क ट्युसन कक्षा कैनद्रमा अध्ययनरत २ सय जना बालबालिकाहरुलाई बस्नेत दम्पतिले सोमबार शैक्षिक सामग्री सहयोग गरेको पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामले बताए ।
बस्नेत दम्पतिले दलित बालबालिकाका लागि सञ्चालित सामुदायिक निशुल्क ट्युसन कक्षा केन्द्रको लागि ह्वाइट बोर्ड दुई थान , डस्टर , मार्कर लगायतका सामग्री पनि प्रदान गरेको रामले जानकारी दिए ।