वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गरेकाे छ ।
जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ बिषुनपुरवा निवासी साहिल आलमलाई गाउँपालिकाले रु २ लाख छात्रवृति प्रदान गरेकाे हाे । पूर्ण छात्रवृतिमा एमबिबिएस अध्ययनकाे लागि बंगलादेश जान लागेका आलमलाई साेमबार एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले छात्रवृतिको रकम बराबरको चेल हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा वडा नं. १ का वडाध्यक्ष लक्ष्मी साह तेलि, विनय द्विवेदी, इम्रान आलम लगायतको उपस्थिति रहेको थियो ।