वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नवनिर्मित ८ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन (अजय) साह सर्राफले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यसअवसरमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीकोपनि उपस्थिती थियो ।
गत आर्थिक वर्ष २०७९/८०मा जिल्ला समन्वय समिति पर्साले उपलब्ध गराएको ५५ लाख र बहुदरमाई नगरपालिकाकाको ४८ लाख गरी कुल १ एक करोड ३ लाख रुपैयाँको लागतमा निर्मित ८ कोठे भवनको सोमबार उद्घाटन गरिएको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए। उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्साका प्रमुख सोनारले विद्यालयमा शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउन आग्रह गर्दै विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि उक्त विद्यालयलाई चालु आर्थिक वर्षमा थप १ करोड रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, शिक्षक,जग्गा दाता,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लगायतलाई विगतका दिनमा विद्यालयमा योगदान गरेबापत दोशल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मनित पनि गरिएको विद्यालयका प्रधानाध्यापक अजय यादवले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी , मेयर तेली , विद्यालयका पूर्व प्रधानाध्यापक नागेन्द्र ठाकुर लगायतको पनि उपस्थिती थियो ।