वीरगंज । वीरगंजमा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाले रगतदान गरेका छन् ।संघको ५५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २ जना महिलासहित १०५ जनाले रक्तदान गरेका हुन् ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुले रक्तदान गर्ने बारे गाउँगाउँ सम्म चेतना जागृत गराउर्नुु पर्नेमा जोड दिए । उनले अहिले पनि अस्पतालहरुमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताए ।
फरक प्रसंगमा बोल्दै मेयर सिंहले वीरगन्जलाई व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि संघसंग हातेमालो गरेर आफूहरु अघि बढ्न तयार रहेकोपनि बताए । संघका जिल्ला अध्यक्ष राम गोसाईको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।