• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गुगलले हरेक वर्ष एप्पललाई किन तिर्छ नेपालको बजेटभन्दा झण्डै दोब्बर बढी रकम ?

  • वीरगंज संजाल
  • Aug 14, 2023, 2:42 pm
  • ५५७

    वीरगंज । गुगल र एप्पल एक अर्काका कडा प्रतिद्वन्द्वी हुन्, यसमा कसैको दुईमत छैन । एउटा कम्पनीले जे जस्ता प्रोडक्ट ल्याएको छ, अर्को कम्पनीले पनि त्यस्तै प्रोडक्ट तथा सेवाहरू ल्याइरहेको हुन्छ । यता एप्पल संसारकै सबैभन्दा मूल्यवान ब्रान्ड हो भने अर्को तर्फ गुगलले संसारमा सबैभन्दा बढी प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टमलाई नियन्त्रण गरेको छ । गुगलका कैयौं एपहरू जस्तै गुगल सर्च, म्याप्स, जिमेल र युट्युब आधुनिक जीवनका लागि अत्यावश्यक बनेका छन् । यस्तो कम्पनी गुगलले आफ्नो निकटतम् प्रतिद्वन्द्वी एप्पललाई वर्षेनी अर्बौं डलर रकम तिर्छ ।

    गुगल र एप्पल एकअर्कामा के कुरामा भर पर्छन् ?

    इन्टरनेटमा कुनै पनि कुरा खोज्नुपर्‍यो भने हामी गुगल सर्च नै प्रयोग गर्न रुचाउँछौं । आफूसँग सफारी, ब्रेभ, क्रोम, बिङ वा अन्य जुनसुकै ब्राउजर भए पनि हाम्रो डिफल्ट सर्च इन्जिन गुगल नै हुन्छ । यदि अन्य सर्च इन्जिन छानेका छौं भने हामीलाई आफूले जे कुरा सर्च गरेको हो, त्यो नभेटिएको महसुस हुन्छ । स्ट्याट काउन्टरका अनुसार गुगल सर्चले ९० प्रतिशत बजार हिस्सा ओगटेको छ । तपाईं आईफोनमा सफारी प्रयोग गर्दा होस् अथवा सामसङमा इन्टरनेट प्रयोग गर्दा नै किन होस्, सर्च इन्जिनका लागि प्रायः गुगल सर्च नै प्रयोग गरिरहनु भएको हुन्छ । गुगलको आम्दानीको प्रमुख स्रोतमध्ये सर्च पनि एक हो । सर्चमार्फत हुने विज्ञापनबाटै गुगलले आम्दानी गरिरहेको हुन्छ । जबदेखि गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम आफ्नो स्वामित्वमा लियो, तबदेखि एन्ड्रोइड फोनमा गुगल डिफल्ट सर्च इन्जिनका रूपमा प्रयोग हुँदै आएको छ । तर, आईफोन, आईप्याड, म्याकबुकमा हुने सफारीमा गुगल सर्च कसरी डिफल्ट सर्च इन्जिन बन्यो ? प्रयोगकर्तालाई गुगल मनपर्ने भएकाले एप्पलले आफ्नो ब्राउजरमा गुगल सर्चलाई डिफल्ट सर्च इन्जिन बनाएको होइन ।

    एप्पलका सबै डिभाइसमा गुगल सर्चलाई डिफल्ट सर्च इन्जिनका रूपमा राख्नकै लागि गुगलले एप्पललाई वर्षेनी अर्बौं डलर तिर्ने गरेको छ । तर, ठ्याक्कै कति त ? सन् २०२० मा द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक रिपोर्ट अनुसार गुगलले त्यस वर्ष अनुमानित आठदेखि १२ अर्ब डलर एप्पललाई बुझाएको थियो । फोर्ब्स रिपोर्टका अनुसार २०२१ मा गुगलले त्यो वर्ष झन्डै १५ अर्ब डलर रकम एप्पललाई तिरेको थियो । सो रकम सन् २०२२ मा बढेर १९ देखि २० अर्ब डलर पुग्ने अपेक्षा गरिएको थियो । यो नै प्रविधि उद्योगमा भएको सबैभन्दा ठूलो सहकार्य मध्येको एक हो । सर्च इन्जिन बजारमा आफ्नो एकाधिकार कायम राख्नकै लागि गुगल त्यति मोटो रकम तिर्न तयार भएको हो । उत्तर अमेरिकामा एप्पलले समग्र स्मार्टफोन र ट्याब्लेटमा आधाभन्दा बढी बजार ओगटेको छ । यदि एप्पलले गुगल सर्चको साटो बिङलाई डिफल्ट सर्च इन्जिनका रूपमा राख्यो भने गुगलले तत्कालै लाखौं प्रयोगकर्ता गुमाउनेछ । जसले गुगलको विज्ञापनको व्यापार नै तहसनहस हुने देखिन्छ । त्यसो त मानिसहरू गुगलमा अभ्यस्त भइसकेका छन् । यस्तो अवस्थामा एप्पलले बिङलाई नै डिफल्ट सर्च इन्जिन राखे पनि प्रयोगकर्ता आफैंले परिवर्तन गर्न सक्ने प्रश्न उठ्न सक्छ । तर, वास्तवमा प्रायः मानिसहरू डिफल्ट सेटिङहरू नै प्रयोग गर्न रुचाउँछन् । केही प्रतिशत प्रयोगकर्ताले डिफल्ट सर्च इन्जिन गुगल राखे पनि प्रायः प्रयोगकर्ताले डिफल्ट सर्च इन्जिन नै प्रयोग गर्ने देखिन्छ ।

    गुगल सर्च र बिङको जुधाईमा एप्पलको रजाईं

    ओपन एआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सनमा आधारित च्याटबट सार्वजनिक गरेपछि संसारभर एआईको चर्चा चुलियो । त्यससँगै सर्च इन्जिनमा दिग्गज मानिएका माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीले पनि आफ्नै एआई टुल सार्वजनिक गरे । हाल गुगलको बार्डभन्दा माइक्रोसफ्टको बिङ एआई बढी एड्भान्स छ । यदि बार्डभन्दा बिङ चर्चा बढी हुने हो भने एप्पलले त्यसको फाइदा उठाउन सक्छ । किनभने बिङ मानिसहरूमा बढी लोकप्रिय छ, यदि तिमीले रोयल्टी बढाएनौ भने हामी बिङ प्रयोग गर्छौं भन्दै एप्पललाई बढी रकम उठाउने अवसर मिल्छ । त्यस्तै यदि गुगलले उक्त माग अस्वीकार गरेको अवस्थामा एप्पलले सबै डिभाइसमा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने सम्भावना बढ्छ । त्यसैले यी दुई कम्पनीको जुधाईमा एप्पललाई फाइदा हुने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑