• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विदेशबाट आउने यात्रुका लागि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालन

  • वीरगंज संजाल
  • २९ श्रावण २०८०, सोमबार १३:४२
  • १७९७

    वीरगंज । विदेशबाट आउने यात्रुका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ। विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा, टिभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागीदार हुने गरेका थिए। स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउनेछन्। विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिनमा पुग्नुअगावै स्वयं घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ। त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारीसहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको छ।

    यसअघि त्यस्तो कक्ष नहुँदा यात्रुहरु मापदण्डभन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्यबराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए । विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। यसैगरी, पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ। विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था छ।

    विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले बताए। थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ। यस्तै, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन्। यसैगरी, पाँच हजार अमेरीकी डलरभन्दा माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑