मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन सक्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ, तर आफन्तले साथ भने दिनेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । लाभदायी र रमाइलो यात्रा पनि रहला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्म र आस्था बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।