वीरगंज । अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाहैना सहरलाई तीव्र गतिमा प्रभावित पारेको थियो। आगोको लप्का यति छिटो सर्यो, जसका कारण धेरै जना सडकहरूमा फसेका थिए वा भाग्नको लागि समुद्रमा हामफालेका थिए।
यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूमध्ये हवाई डढेलो घटना एक हो। क्यानाडामा अझै पनि विशाल डढेलो लागिरहेको छ। अमेरिकाको दक्षिण–पश्चिममा उच्च उष्ण लहर फैलिरहेको छ।