• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रौतहट कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी,दिनचर्यामा कठिनाई

  • वीरगंज संजाल
  • Aug 11, 2023, 3:59 pm
  • २५७

    वीरगंज । जिल्ला कारागार रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका कारण दिनचर्या कठिन बनेको छ । करिब दुई सय जनाको क्षमता रहेको कारागार भवनमा हाल ३७६ कैदीबन्दी राख्नुपर्ने अवस्थाले उनीहरूको दिनचर्या कठिन बनेको कारण भवन विस्तार गर्न जरुरी देखिएको हो । “क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा एउटै कोठामा धेरै जना कोचेर राख्नुपर्ने बाध्यता छ,” कारागार कार्यालय गौरका प्रमुख ‘जेलर’ मणिभूषण साहले भन्नुभयो, “उनीहरूको सुताइ र स्वास्थ्यमा समस्या परेको छ ।
    अधिक कैदीबन्दी रहेकै कारण उनीहरूको समस्याको उपयुक्त ढङ्गले समाधान गर्न सकिएको छैन । भवन थप्न वा बढाउन सकिएमा उक्त समस्या समाधान हुने छ ।” उहाँका अनुसार पुरानो जीर्ण भवन रहेको सो कारागारमा वर्षाको पानी पस्नाले कैदीबन्दीले निकै ठुलो सास्ती भोग्नुपरेको पनि छ । सडकको सतहभन्दा होचो संरचनाले वर्षाको भेल कारागारभित्र नै पस्ने हुँदा कैदीबन्दीलाई बस्न र सुत्न ठुलो समस्या छ । पानीको निकास नहुँदा पानी तान्ने मोटर लगाएर कारागारभित्र जमेको पानी बाहिर फाल्ने गरिन्छ ।यस्तै सङ्ख्या बढी हुँदा कोही कैदीबन्दी बरन्डा र भ¥याङ्मुनि त कोही भान्छाको काम सकिएपछि भान्छा कोठामा सुत्ने गरेको एक कैदीले बताउनुभयो । कोचिएर सुत्नुपर्ने बाध्यताले अधिकांश बन्दीमा दाद, दिनाई, लुतो, ‘एक्जिम्मा’ जस्ता सरुवा छाला रोग फैलिएको पाइएको छ । समय समयमा उपचार पाउँदा पनि कोचिएर सुत्दाको अवस्था र वर्षाको फोहोर पानी कारागारभित्र पस्दा छालाजन्य रोगले सताउने गरेको बन्दीको गुनासो छ ।
    यता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कारागारको जग्गा अतिक्रमण भएको कारण कारागार भवन बढाउन समस्या भएको बताउनुभयो । कारागार भवनदेखि दक्षिणतर्फको जमिन अतिक्रमित छ । जिल्ला नापी कार्यालय र मालपोत कार्यालयसँगको अभिलेखले उक्त कुरा यकिन भएको बताउँदै उहाँले अतिक्रमित जमिन खाली गराई कारागार भवन बढाउन सकिने सम्भावना रहेकाले सो कार्य यथाशीघ्र गरिने बताउनुभयो । यस सम्बन्धमा कारागार व्यवस्थापन विभागमा पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।विक्रम संवत् १९८९ सालमा अर्थात् ९१ वर्षअघि निर्माण भएको उक्त कारागारको मर्मतसम्भार र भवन विस्तार गर्न अत्यन्त जरुरी छ । हाल कारागारमा २० जना महिला पनि बन्दी जीवन बिताइरहेका छन् । जसमध्ये दुई जना नाबालक पनि छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑