वीरगंज । नेकपा एमालेले किसानसंग सम्बन्धित समस्या समधान समस्याको माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रधानमन्त्रीलाई आठ बुँदे माग बुझाएको छ ।एमालेको बारा जिल्ला कमिटीले मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ८ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
एमालेले बुझाएको ज्ञापनपत्र मार्फत सुख्खाबाट प्रभावित जिल्लाका किसानका लागि राहतको व्यवस्था गर्न , लम्पिस्किन रोगबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन , समयमै मलखादको उचित व्यवस्था गर्न , किसानले उत्पादन गरेको गरेको तरकारी, खाध्यन्न, दूध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न ,उखु किसानले सरकारबाट पाउन बाँकी रहेको अनुदान रकम तत्काल उपलब्धगराउन , कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराउन सरकारसंग माग गरिएको छ ।
एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जिल्लामा आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन तथा जिल्लामा शान्तिसुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गर्नपनि एमाले बाराले सरकारसंग माग गरेको छ ।