वीरगंज । नेकपा एमाले पर्साले पनि मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएकाे छ । हालै लामाे समयसम्म भएकाे खडेरीले चापाकल सुकेर पिउने पानीको समेत अभाव भएकाे र सिंचाइकाे अभावमा धान राेपाईपनि हुन नसकेकाले यी लगायतका समस्या समाधानकाे माग राखेर एमाले पर्सा जिल्ला कमिटीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हाे ।
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी विशेष राहतको व्यावस्था गर्न, पिउने पानीको उचित व्यावस्थापन गर्न , अघोषित लोडसेडिङ अन्त्य गर्न , किसानले पालेका पशु चाैपायालाई लम्पिस्किन विरुद्धको खाेप उपलब्ध गराउन लगायतका माग एमाले पर्साले सरकारसंग गरेकाे छ ।
नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेकपा एमालेका वीरगन्ज महानगर कमिटी सचिव सुन्दर कुर्मी, पकाहामैनपुर गाउँपालिकाका एमाले अध्यक्ष अकलेश साह, अनेरास्ववियुका नेता पवन यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।