वीरगंज । वीरगन्ज निवासी बरिष्ठ फुटबल प्रशिक्षक तथा पर्सा जिल्ला फुटबल संघ पर्साका मानार्थ उपाध्यक्ष हरि बहादुर श्रेष्ठको आज बिहान निधन भएको छ ।
घर मै सुतिरहेको समयमा उहाँको हृदयघात भएर निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन । उहाँको ८० बर्षको उमेरमा निधन भएको परिवारका सदस्यले बताएका छन । उनी तराई मधेशका मात्र नभई देशका पहिलो पुस्ताका खेलाडी पनि थिए ।
श्रेष्ठको निधनले यसआसपासका फुटबल खेलाडी र खेलप्रेमीलाई दुखित बनाएको छ । उहाँको आज नै अन्तयेष्टी गरीने परिवारका सदस्यले जानकारी दिए ।