वीरगंज । जनता समाजवादी पार्टी नेपालका युवा नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जसपाको रौतहट जिल्ला कार्यसमिति सदस्य रहेका नेता यादव जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीका अध्यक्ष डा. सिके राउतले उनलाई सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराए ।
सामाजिक अभियन्ता समेत रहेका उनी २०७९ मा भएको स्थानीय चुनावमा लोसपाले टिकट नदिएपछि जसपाबाट टिकट लिएर चुनाव लडेका थिए । तर चुनावमा पार्टीकै नेताबाट धोका भएको भन्दै उनले जसपासँग पनि असन्तुष्टि जनाउँदै आएका थिए ।