• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सरकारकाे उपेक्षामा वीरगंजको नारायणी रंगशाला

  • वीरगंज संजाल
  • Aug 4, 2023, 4:06 pm
  • ५२१

    वीरगंज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको दशकौं बितिसक्यो । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा राखेका छैनन् । रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । चार दशकअघि निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए । तर विस्तारै रंगशालाको मर्मत सम्भारमा न कुनै सरकारले चासो दिए न त कुनै ठूला प्रतियोगिता नै भए ।

    अहिले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशमा नयाँ रंगशाला तयार गरिँदै छ । तर तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयाेजना गरिएको वीरगन्जको नारायणी रंगशालाको अवस्था नाजुक बनेको छ । नारायणी रंगशालाको दर्शक बस्ने प्यारापिट भत्किएको छ । अन्य संरचना चोरी भएका छन् । बरु स्थानीय खेलाडी आफ्नै प्रयासमा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भइरहेका छन् । नारायणी रंगशाला भएको पर्सा मधेस प्रदेशकै धेरै पूर्वाधार भएको जिल्ला हो । खेलकुदका पूर्वाधार संरक्षण गर्न जनप्रतिनिधिहरुले पनि पटकपटक सरकारसँग हारगुहार गरेका छन् । तर सरकारले सुन्दै नसुनेको गुनासो जनप्रतिनिधिको छ ।

    नारायणी रंगशालाको पुनर्निर्माण गर्न कुनै पनि सरकारले पहल नगरेपछि स्थानीय खेलप्रेमीकै पहलमा आदर्शनगर रंगशालाको स्तरोन्नति सुरु भएको छ । वीरगन्जलाई खेलकुदको शहरका रुपमा चिनाउन ठूलो धनराशीको गोल्डकप यही रंगशालामा गर्ने तयारीस्वरुप अहिले मैदान सम्याउने काम भइरहेको हो । तर आदर्शनगर रंगशालाको स्तरोन्नतिले मात्र वीरगन्जमा ठूला प्रतियोगिता सम्भव हुँदैन ।३५ हजार दर्शक क्षमताको नारायणी रंगशालाको पुनर्निर्माण गर्न सरकारले पर्याप्त बजेट दिएको छैन ।नारायणी रंगशाला पुननिर्माणका लागि २ अर्ब ६४ करोड खर्च हुने अनुमान छ । तर खेलकुद मन्त्रालयले भने चालु आर्थिक वर्षकाे बजेटबाट १ करोड रुपैयाँ मात्रै दिने आश्वासन दिएको छ । यो बजेटबाट पुरानै बक्यौता ८० लाख तिर्नुपर्ने बाध्यता छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
  • रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार
  • धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    News

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑