आज:
  • होमपेज / Breaking News

    पर्सामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बढ्यो

  • वीरगंज संजाल
  • १९ श्रावण २०८०, शुक्रबार १४:०९
  • २९८१

    वीरगंज । पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बढेको छ ।पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बलात्कार, हत्या लगायतका गम्भिर अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ति करणी (बलात्कार), जबरजजस्ती करणी उद्योग , कर्तब्य ज्यान (हत्या) , बाल यौन दुव्र्यवहार , मानव बेचबिखन गरि गम्भिर अपराध सम्बन्धि ६६ वटा मुद्धा दर्ता भएका थिए ।तर गत आर्थिक वर्ष २०७९÷८० मा भने उक्त अपराधको संख्या बढेर ७८ वटा मुद्धा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

    पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार , गत आर्थिक वर्षमा सबै भन्दा बढि बलात्कार र बलात्कारको प्रयास सम्बन्धि घटना भएका छन् । गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारका ४९ र बलात्कारको प्रयासका ५ वटा गरि ५४ वटा मुद्धा दर्ता भएको शाहले जानकारी दिए ।अघिल्लो आर्थिक वर्षमा भने पर्सा प्रहरीमा बलात्कारका ३४ र बलात्कारको प्रयासका १३ वटा गरि ४७ वटा मात्र मुद्धा दर्ता भएको थियो ।पर्सामा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बलात्कार र बलात्कारको प्रयासका गरि ७ वटा घटना बढी भएको प्रहरी उपरीक्षक शाहले बताए । यस्तै पर्सा प्रहरीमा गत आर्थिक वर्षमा कर्तब्य ज्यान (हत्या) सम्बन्धि १६ वटा मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कर्तब्ब्य ज्यान सम्बन्धि ११ वटा मात्र मुद्धा दर्ता भएको थियो । यसैगरि पर्सा प्रहरीमा गत आर्थिक वर्षमा बाल यौन दुव्र्यवहारका ४ र मानव बेचबिखनका पनि ४ वटा मुद्धा दर्ता भएको प्रहरी उपरीक्षक शाहले बताए । जबकि अघिल्लो आर्थिक वर्षमा भने बाल यौन दुव्र्यवहारका १ र मानव बेचबिखनका ७ वटा मुद्धा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कार सम्बन्धि मुद्धा दर्ताको संख्या बढ्नुको विभिन्न कारणहरु रहेको प्रहरी उपरीक्षक शाहले बताए ।

    गाँउघरमा पछिल्लो समय विवाहको उमेर नपुगेका किशोरी आफनो प्रेमीसंग भागेपछि किशोरीका अभिभावकले प्रहरी कार्यालयमा जबरजस्ति करणीको मुद्धा दर्ता गराउने गरेका कारण बलात्कारका मुद्धा दर्ताको संख्या बढेको उनले बताए । यसका साथै लिभिङ टुगेदरमा रहेका प्रेमी प्रेमिका बिच पछि गएर सम्बन्ध बिग्रिएपछि प्रेमिका (युवती वा महिला) ले प्रेमी विरुद्ध बलात्कारको मुद्धा दर्ता गराउने गरेका कारणले पनि बलात्कार सम्बन्धि मुद्धा दर्ताको संख्या बढि देखिन गएको उनले बताए । शाहले भने,‘ केहि त वास्तविक रुपमै जबरजस्ति करणी गरेका घटना भएका छन् , तर त्योसंगै केटासंग भागेका केटी (१८ वर्ष भन्दा कम उमेरका ) का अभिभावकले आफनी छोरीको बलात्कार भयो भनेर मुद्धा दर्ता गराउछन् , जुन कानुन अनुसारपनि जबरजस्ति करणी नै हुन्छ । यसका साथै पछिल्लो समय प्रहरी प्रति बढ्दै गएको जनविश्वास र प्रहरी कहाँ पुगे न्याय पाइन्छ भन्ने चेतनापनि जनमानसमा बढ्दै गएका कारणले पनि बलात्कार सम्बन्धि मुद्धा दर्ताको संख्यामा बृद्धि भएको शाहले बताए । शाहले भने,‘ पहिलेपहिले यस्ता घटनाहरु सामाजिक दबाब लगायतका कारणले गाँउघरमै मिलापत्र गराएको भेटिन्थ्यो , प्रहरीसामु ती घटना आउनै पाउँदैन्थ्यो तर पछिल्लो समय जनचेतना बढ्दै गएको छ, प्रहरीकोमा पुगे न्याय पाइन्छ भन्ने प्रहरीप्रतिको जनविश्वास बढ्दै गएको कारणले प्रहरीकोमा ती घटनाहरु आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑