• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ: अर्थमन्त्री महत

  • वीरगंज संजाल
  • १९ श्रावण २०८०, शुक्रबार १२:४६
  • २१५७

    वीरगंज । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारले सम्भाव्यता अध्ययन भइरहेको छ , यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ ।चिनी कारखना चलाउछ भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्नेपनि उनले प्रष्ट पारे । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनको घोषणा गर्दै गत आर्थिक वर्षको बजेटमा २० करोड रुपैया विनियोजन पनि गरेका थिए ।सोभियत संघको सहयोगमा २०१९ सालमा निर्माण गरि २०२१ सालदेखि सञ्चालनमा ल्याइएको वीरगन्ज चिनी काराखाना घाटामा गएको भन्दै सरकारले २०५९ फागुनदेखि बन्द गरेको थियो । अर्थमन्त्री महतले वीरगन्जस्थित कृषि औजार कारखाना मर्मत सम्भारगरि पुर्न सञ्चालनमा ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि १ करोड रुपैया बजेट उपलब्ध गराइसकेको जानकारी पनि गराए ।

    केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले सम्झौता अनुसार अर्थमन्त्रालयले बजेट नदिएका कारण कारखाना मर्मत सम्भारका लागि रकम जुटाउन आफुले पाएका मेडलहरु लिलामीमा राखेको पोष्ट साममाजिक सञ्जालमा राखेका छन् । त्यहि प्रसंग बारे सोधिएको प्रश्नमा अर्थमन्त्री महतले भने,‘ सरकारसंगको सम्झौता अनुसार केन्द्रलाई २५ करोड रुपैया दिने उल्लेख छ । त्योमध्ये हालका लागि १ करोड रुपैयाँ अर्थमन्त्रालयले निकासा गरिसकेको छ , बाँकी रकम आवक्श्यकता अनुसार व्यवस्थापन गरिनेछ । दुई दशकदेखि बन्द कृषि औजार कारखाना मर्मतसम्भार गरि १० वर्षसम्म सञ्चालनको जिम्मा केन्द्रलाई सरकारले दिएकोे छ । फरक प्रसंगमा अर्थमन्त्री महतले एक सय किलो सुन तस्करी प्रकरणमा आफनो कुनै संलग्नता नरहेको जिकिर गरे । सुन तस्करी प्रकरणमा अर्थमन्त्रीको पनि मिलोमतो रहेको भन्ने नेकपा एमालेले लगाएको आरोप गलत भएको उनले बताए । महतले भने,‘ अहिले जसलाई जे मन लाग्छ त्यो आरोप लगाइ दिने , सामाजिक सञ्जालमा लेखिदिने गलत प्रवृति बढेको छ ।

    आफनै कारणले त्रिभुवन विमानस्थलबाट एक सय किलो सुन समातिएको दाबीसमेत उनले गरे । सुराकी दिनेलाई प्रोत्साहित गर्न पुरस्कार दिने व्यवस्था आफुले नै गरेको र त्यसैका कारण सुन समातिएको जिकिर महतको थियो । वर्तमान सरकारले सुशासन , पारदर्शीता र विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको अर्थमन्त्री महतले बताए । आफुले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता अर्थतन्त्रका समस्याहरु विस्तारै कम हुदै गएको , वैदेशिक मुद्राको सञ्चिचतीमा सुधार आएको , मुल्यवृद्धि क्रमिक रुपमा घ्ट्दै गएको , पूँजी प्रवाहमा देखिएका समस्या सम्बोधन हुदै गएको पनि उनले बताए । प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेस नेताहरु राकेश सिंह , प्रकाश उपाध्याय , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतकोपनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑