• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज नाकाबाट विद्युतीय सवारी साधनको आयात हृवात्तै बढ्यो

  • वीरगंज संजाल
  • १९ श्रावण २०८०, शुक्रबार ०९:२९
  • १३०५

    वीरगंज । वीरगन्ज नाकाबाट चार पांग्रे विद्युतीय सवारी साधनको आयात हृवात्तै बढेको छ । सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका वीरगन्जबाट अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीय जिप, कार र भ्यानको आयात १ सय २७ प्रतिशतले बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६० करोड ४३ लाख रुपैयाँ बराबरको १ सय ५९ वटामात्र विद्युतीय सवारी भित्रिएको थियो ।तर गत आर्थिक वर्षमा भने १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ सय ६१ वटा विद्युतीय जिप, कार, भ्यान आयात भएको छ । तुलनात्मक रुपमा यो नाकाबाट आयात हुने अन्य सवारी साधनको आयात भने गत आर्थिक वर्षमा घटेको छ । इन्धनबाट चल्ने सवारी आयातको तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै ७ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको ५ हजार ६ सय ७४ जिप, कार, भ्यान आयात भएकोमा गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ हजार १ सय १० वटा मात्र भित्रिएको थियो ।

    त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ९ सय ५६ डबल क्याब पिकअप गाडी आयात भएकोमा गत आर्थिक वर्षमा यसको आयातमा ४१ प्रतिशतले गिरावट आएको छ । गत आवमा ८६ करोड ३१ लाख रुपैयाँ बराबरको ५ सय २८ डबल क्याब पिकअप गाडी आयात भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै २ अर्ब २४ करोड रुपैयाँ बराबरको २५ हजार २ सय ४८ वटा अन एसेम्बल्ड मोटरसाइकल आयात भएकोमा गत आवमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको १८ हजार ८ सय ३३ वटा अन एसेम्बल्ड मोटरसाइकल भित्रिएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब २८ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ हजार २ सय ८७ वटा बस ट्रकका चेसिस वीरगन्ज नाकाबाट आयात भएकोमा गत आवमा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ७ सय ३६ वटा बस ट्रकका चेसिस भित्रिएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब ४७ प्रतिशतले घटेको छ ।

    भन्सार कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब १० करोड रुपैयाँ बराबरको ४५ हजार १ सय ६२ वटा तयारी मोटरसाइकल आयात भएकोमा गत आवमा ७१ करोड ६३ लाख रुपैयाँ बराबरको ७ हजार ४ सय ९५ वटा तयारी मोटरसाइकल भित्रिएको थियो । यो सवारीको आयात करीब ८४ प्रतिशतले घटेको छ । समग्रमै सवारी साधनको आयातनै घटेपछि वीरगन्ज भन्सार कार्यालयले वार्षिक रुपमा संकलन गर्दै आएको राजश्वमा यसको योगदान पनि व्यापक रुपमा घटेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा संकलन भएको कुल राजश्वमा सवारी साधन आयातबाट संकलित राजश्वको योगदान ७ दशमलव ४७ प्रतिशत मात्र रहेको छ । अघिल्ला आर्थिक वर्षहरुमा कुल संकलित राजश्वमा सवारी साधनको योगदान २५ देखि ३० प्रतिशतसम्म रहँदै आएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले उपभोक्तामा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएकाले यसको आयात पनि बढ्दो क्रममा रहेको बताए ।‘विद्युतीय सवारी साधनको आकर्षण बर्सेनि बढ्दो क्रममा छ,’ उनले भने , ‘यो निरन्तर जारी नै रहन्छ ।’ इन्धनबाट चल्ने सवारी साधनको आयात घट्नुमा भने आर्थिक मन्दीनै मुख्य कारण रहेको ढकालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑