• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पत्रकार शुद्धीकरणमा १२ जिल्लामै विरोध गर्ने प्रेस चौतारी लुम्बिनीको निर्णय

  • वीरगंज संजाल
  • १८ श्रावण २०८०, बिहीबार १२:५०
  • १३५७

    वीरगंज । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरण मापदण्ड अनुसार नभएकाले विरोध गर्ने भएको छ । बुधबार बुटवलमा सम्पन्न प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको बैठकले प्रदेशका १२ जिल्लामै विवाद देखिएकाले विरोध गर्ने निर्णय गरेको हो । बैठकले महासंघले मापदण्ड अनुसार नभइ व्यक्ति हेरेर पत्रकारको शुद्धीकरण गरेको जनाउँदै आपत्ति जनाएको छ । विरोधका कार्यक्रम अन्तर्गत पत्रकार महासंघ लुम्बिनीलाई ज्ञापनपत्र बुझाउने, सदस्यता शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणमा जिल्लामा देखिएका विवाद समाधान गर्न आग्रह गर्ने र विवाद समाधान नभएको खण्डमा महासंघको कार्यकक्षमा तालाबन्दी गरिने अध्यक्ष शोभाखर पन्थीले जानकारी दिए ।

    प्रदेश समिति बैठकले राजनीतिक आस्थाका आधारमा उस्तै प्रकृतिको काम गर्ने व्यक्ति पनि कोही रहने र कसैलाई हटाउने काम भएको भन्दै जिल्लाको विवादित निर्णय सच्चाउन पत्रकार महासंघ प्रदेश समितिलाई आग्रह गरेको छ । राजनीतिक आस्थाकै आधारमा पत्रकार महासंघले सदस्यता शुद्धीकरण र वितरणको काम गरेका कारण आफूहरुको असहमति जनाएको महासचिव निरु गौतमले बताइन् । बैठकमा नेकपा(एमाले) लुम्बिनी प्रदेश समितिका अध्यक्ष राधाकृष्ण कंडेलले चौतारी सक्रिय पत्रकारको संस्था भएको जनाउँदै अझै चुस्त दुरुस्त बनाएर अघि बढाउन आग्रह गरे । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले राजनीतिक पूर्वाग्रह राखेर सदस्यता शुद्धीकरण भए मान्य नहुने चेतावनी दिए । उनले मापदण्ड बाहिर गएर प्रक्रिया अघि नबढाउन पत्रकार महासंघलाई सुझाव दिएको बताए ।

    बैठकमा पार्टीका प्रचार विभाग लुम्बिनीका प्रमुख डिआर घिमिरे, प्रेस चौतारी विभाग लुम्बिनीका इञ्चार्ज मोहन चापागाइँ, प्रेस चौतारी लुम्बिनी प्रदेशका सह इञ्चार्जहरु रुद्र सुवेदी, टिका बस्नेत, पार्वती पाण्डे, कमल तिमिल्सेना, प्रदेश उपाध्यक्ष दशरथ घिमिरे लगायतले बोल्दै सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको काममा गम्भीर बन्न पत्रकार महासंघलाई सुझाव दिएका थिए । बैठकमा चौतारीका जिल्ला इञ्चार्जहरु अमृता अनमोल, नवराज भुसाल, मिलन विक, अमृत गिरी, टिआर शर्मा, गणेश आचार्य, सन्तोष दहितले पत्रकार महासंघको गरिमा कायम राख्ने गरी शुद्धीकरण अभियान र नयाँ सदस्यता वितरणको काम अघि बढाउन आग्रह गरेका छन् ।प्रेस चौतारीका रुपन्देहीका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, पाल्पा अध्यक्ष कृष्ण कार्की, दाङ अधयक्ष इन्द्र डिसी, प्युठान अध्यक्ष वासुदेव गिरी, गुल्मी उपाध्यक्ष नारायण प्रभात मरासिनी लगायतले महासंघले मापदण्ड विपरीत राजनीतिक पूर्वाग्रहका आधारमा सदस्यता शुद्धीकरण र वितरणको काम गरिएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑