• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा साम्प्रदायिक हिंसा फैलिदैं, मस्जिद जलाएर इमामको हत्या

  • वीरगंज संजाल
  • १७ श्रावण २०८०, बुधबार १२:२०
  • २२१७

    वीरगंज । भारतको मणिपुर राज्यमा झण्डै तीन महिनायता कुकी जनजाति र मैतेई समुदायबीच हिंस्रक द्वन्द्व चलिरहेको छ । क्रिश्चियन कुकी र हिन्दु मैतेईबीचको यस द्वन्द्वमा सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । मणिपुरको हिंसा टर्न नपाउँदै यतिबेला फेरि भारतकै हरियाणा राज्यमा पनि हिन्दु र मुस्लिम समुदायबीच अर्को हिंस्रक द्वन्द्व छेडिएको छ । एकपछि अर्को यस्तो अप्रिय घटनाक्रमले भारतमा साम्प्रदायिक हिंसाको आगो दन्किएको आभास भएको छ ।

    गत सोमबार हरियाणाकाे नुह जिल्लामा हिन्दु राष्ट्रवादी समूहहरू बजरङ्ग दल र विश्व हिन्दु परिषद्ले आयोजना गरेको एउटा धार्मिक यात्राका क्रममा भिडन्त भएको थियो । धार्मिक यात्राका क्रममा स्थानीय मानिसहरूले धार्मिक यात्राका गाडीलाई ढुंगामुढा गरेपछि यो द्वन्द्व सुरु भएको हो । यतिबेला यो घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन् । हरियाणामा सुरु भएको द्वन्द्वका कारण हिन्दु समुदायको भिडले सोमबार राति नै दिल्लीनजिकै रहेको गुरुग्रामस्थित एउटा मस्जिदमा आगजनी गर्दै मस्जिदका इमामको हत्या गरिदिएका छन् । मस्जिदका इमाम मोहम्मद सादको हत्या भएको हो ।

    सोमबारको द्वन्द्वपछि दुवै समुदायको भिडले दर्जनौँ सवारीसाधन र स्थानीय पसलहरूमा तोडफोडसमेत मच्चाएका छन् । देशमा साम्प्रदायिक हिंसाका घटनाहरू भड्किएसँगै विपक्षी पार्टीहरूले भारतीय जनता पार्टीको सरकारले देशमा शान्ति र स्थायित्व कायम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । दुई समुदायबीच हिंस्रक भिडन्त भएपछि यतिबेला हरियाणाका शहरमा कर्फ्यु लगाइएको छ । साम्प्रदायिक हिंसा फैलिएका स्थानमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले त्यहाँ बुधबारसम्म इन्टरनेट बन्द गरिदिएको छ । हरियाणामा सुरु भएको द्वन्द्वले भारतका मुस्लिम र हिन्दु समुदायबीच झनै खाडल खन्न सक्ने आशंका गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑