वीरगंज । भारतले वेस्ट इन्डिजविरूद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। मंगलबा राति भएकाे तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजविरुद्ध २ सय रनको फराकिलो जित निकाल्दै भारतले सिरिज जितेको हो।
यसअघि पहिलो खेल भारतले जित्दा दोस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो। मंगलबार राति भएकाे खेलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३५१ रन बनाएकाे थियाे । भारतका लागि इशान किसनले ७७ रन र शुभमन गिलले ८५ रन जोडे। यस्तै सन्जु सामसनले ५१ रन र हार्दिक पाण्ड्याले नटआउट ७० रन बनाए।
३५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ ओभरमा अलआउट हुदै १५१ रनमात्र बनाएपछि खेल भारतले जितेकाे हाे। वेस्ट इन्डिजका लागि अथानेजले ३२ रन र गुडाकेशले नटआउट ३९ रनको योगदान गरे। बलिङमा भारतका शार्दूल ठाकुरले ४ विकेट र मुकेश कुमारले ३ विकेट लिए।