वीरगंज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । पानीको निकास नहुँदा अस्पतालको ओपिडी, एक्सरे, औषधि पसल र आवास डुबानमा परेको छ ।
मंगलबार रातिबाट जिल्लामा अत्यधिक वर्षा भइरहँदा जिल्लाका विभिन्न भूभाग डुबानमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार सप्तरीमा पछिल्लो चौबिस घण्टामा २ सय मिलिमिटरसम्म वर्षा भएको छ ।
अत्यधिक वर्षाका कारण सप्तकोशी नदीसहित अन्य नदीहरूमा बहाब बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका छन् । निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढ्न थालेको छ ।