वीरगंज । भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । उक्त बसमा ३३ यात्रु सवार थिए । मृत्यु हुनेमा तीनजना बालबालिका छन् ।
सातजना घाइते भएका छन् ।Nशनिबार बिहान मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा आगलागी हुँदा उक्त हताहत भएको हो । गुडिरहेको बसमा टायर पड्किएपछि खम्बामा ठोकिएको बसमा डिजेल ट्यांकी फुटेर आगो लागेको बीबीसीले जनाएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने समाचारमा उल्लेख छ ।