• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भन्सार विभागको लेबल लगाउने प्रावधानविरुद्ध वीरगंजसहित देशभरका व्यवसायी

  • वीरगंज संजाल
  • ११ श्रावण २०८०, बिहीबार १५:२४
  • २३७३

    वीरगंज । वीरगञ्जसहति देशभरका उद्योगी, व्यवसायी भन्सार विभागद्वारा जारी लेबलिङ सम्बन्धी प्रावधानको विरोधमा उत्रेका छन् । व्यवसायीहरूले भन्सार विभागद्वारा जारी गरिएको लेबलिङ सम्बन्धी सूचनालाई अस्पष्ट र अव्यवहारिक भनेर विरोध जनाउँदै तत्काल लागू नगर्न माग गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घसहित सीमा क्षेत्रसँग जोडिएका सहरहरूमा अवस्थित उद्योगी तथा व्यवसायीहरूको चार वटा छाता सङ्गठन मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले एउटा संयुक्त प्रेस विज्ञप्ति निकालेर भन्सार विभागद्वारा गत असार २२ गते जारी भएको “लेबल लगाउने सम्बन्धी सूचना” का कारण व्यवसायीहरू माझ अन्योल एवम् एक किसिमको त्रासको वातावरण सृजना बताउँदै विरोध जनाउँदै तत्काल लागू नगर्न माग गरेका छन् । विज्ञप्ति मार्फत व्यवसायीहरूले लेबल लगाउने सम्बन्धी प्रावधानको विषयले सृजित समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रको एउटा टोलीले भन्सार विभागका महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराए पनि कुनै पहल नभएको गुनासो गरेका छन् ।

    “२०८० साउन १ गतेदेखि लेबलिङ कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको छ । भन्सार विभागद्वारा जारी सूचना आफैमा अस्पष्ट त छँदै छ, सँगसँगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलिङ बारे प्रस्ट छैनन् । यसर्थ लेबलिङ सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ लगाउने प्रावधान स्थगित गर्नुपर्ने तर्फ सङ्घ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,” संयुक्त विज्ञप्तिमा लेखिएको छ । व्यवसायीहरूले भन्सार विभागद्वारा जारी गरिएको लेबलिङ सम्बन्धी प्रावधानलाई उद्योगी, व्यवसायी र व्यापारीमाथि विभिन्न सरकारी निकायहरूबाट नियन्त्रणात्मक गतिविधिका नाममा हुने अनपेक्षित नीतिगत हस्तक्षेपकाको पछिल्लो संस्करण बताएका छन् । “उद्योग, व्यापार, व्यवसायहरू अनेकानेक समस्याका बाबजुद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै आएकोमा विभिन्न सरकारी निकायहरूबाट नियन्त्रणात्मक गतिविधिका नाममा भइरहेको अनपेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किँदै गइरहेको छ । जसको पछिल्लो संस्करणको रूपमा लेबलिङ सम्बन्धमा भन्सार विभागद्वारा जारी सूचनाले थप अन्योल सिर्जना गरेको छ,” विज्ञप्तिमा लेखिएको छ । त्यस्तै उनीहरूले भन्सार प्रशासनले पछिल्लो केही महिनादेखि राजश्व सङ्कलनको नाममा आयातकर्ताहरूलाई दुःख दिइरहेको बताएका छन् ।

    भन्सार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भन्सार जाँच पास नगरेर वर्षौँ पुरानो कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा माल बस्तुको मूल्याङ्कन गरेको कारण व्यवसायीहरू ५० प्रतिशतसम्म जरिवाना तिर्न बाध्य भएको उनीहरूको भनाई छ । यस्तै माल वस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भन्सार जाँच पास गर्नुपर्नेमा भन्सार प्रशासनले आफूखुसी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिँदा आयातकर्ताहरू आक्रान्त भएको उनीहरूको कथन छ । उनीहरूले यस्ता अव्यवहारिक र अन्यायोचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेस गरेको बिल बिजकका आधारमा भन्सार मूल्याङ्कन गर्न माग गरेका छन् । त्यसै गरी भन्सारबाट जाँच पास बहर छुटेको मालवाहक सवारीसाधनलाई अनुसन्धानका नाममा नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पठाउने परिपाटीले पनि व्यवसायीहरू मार्कामा परेको उनीहरूको भनाई छ ।“आवश्यक प्रक्रियाहरू पुर्‍याई सम्पूर्ण कागजातहरूका बाबजुद भन्सार जाँच पास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने नियतले माल वस्तुको न्यून मूल्याङ्कन भएको भन्दै सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पठाउने परिपाटी पछिल्ला केही समयदेखि बढिरहेकोले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । व्यवसायीहरूले विद्यमान समस्या र अन्योलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरूले काम अगाडि नबढाए कडा विरोधमा उत्रिने चेतावनी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑