वीरगन्ज । वीरगन्ज आसपासको साथै देश एवं छिमेकी राष्ट्र भारतको विभिन्न किसिमका बिरामिहरुको स्वास्थ्यमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आई रहेको सुर्या हस्पिटल वीरगन्जले आई.भि.एफ मार्फत एक शिशुको जन्म गराएको पत्रकार सम्मेलनमा बताइएको छ । भारतमा १० बर्ष अघि २-दुई पटक सम्म फेल भएको तर गत ९ महिना देखि बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डाक्टर मोनिका यादव सिंहको निगरानीमा उपचार सेवामा रहेका एक दम्पत्तीले २५ वर्षपछि संतान पाएका छन । निकै खुशि रहेका दम्पत्तीको अन्दाजन उमेर ४० वर्ष रहेको छ । शिशु निकै स्वस्थ्य रहेको बुधबार पत्रकार सम्मेलन मार्फत हस्पिटलको अध्यक्ष डा. मोनिका सिंहले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा डाक्टर सरोज सिंह, सचिदानन्द सिंह लगायत बरिष्ठ पत्रकार महेश दास, पत्रकार महासंघका पर्सा अध्यक्ष अनुप तिवारीलगायतको सहभागीता रहेको थियो । सुर्या हस्पिटलले यस भेगका स्थानिय सहित बारा, रौतहट लगायत मधेश प्रदेशका सर्वसाधारणलाई सेवा प्रदान गरि रहेको छ भने यस बाहेक काठमाण्डौ लगायत भारतबाट पनि रेफर भएर आएका धेरै उदाहारणी केस माथि सफलतापुर्बक सेवा प्रदान गरि उपलब्धी हासिल गरेको छ । हालको परिपेक्षमा धेरै आमा बुवाहरु सन्तान जनमाउने रहर भएता पनि सो बाट बञ्चीत रहेकोले भएको पाईन्छ । पछिल्लो समय यस सुर्या हस्पिटलले आई.भि.एफ सेवा प्रदान गरी यस्ता दम्पत्तीहरुलाई आमा बुबा पनि बनाई रहेको छ ।
हाल सम्म ३० भन्दा माथि दम्पत्तीले आई.भि.एफ सेवा लिईरहेको डा.सिंहले जानकारी दिनु भयो । त्यस्तै बरिस्ठ हाडजोर्नी तथा नसा एवं प्रत्यारोपण विशेषज्ञ डा. सरोज सिंहले सुर्या हस्पिटलले सुरुवात देखि नै गुणस्तरीय स्वास्थ्य सेवा लाई आफ्नो लक्ष्य बनाएर आकास्मीक सेवा सहित सुपर स्पेष्लिटी सेवाहरु जस्तै घुडा र कुल्हा प्रत्यारोपन सेवा, घुडाको च्यातीको नशा बनाउने सेवा तथा स्पाईनलको सर्जरी गर्ने सेवा प्रदान गर्नु को साथै निसंतान अर्थात बाझोपन हटाउने हिष्ट्रो स्कोपी सेवा लगायत सबै प्रकारको सेवाहरु दिदै आएको सर्वबिदितै रहेको र आउने दिनमा सबैको साथ बिश्वास सहयोगले दिनानुदिन थप नया नया प्रविधिहरु ल्याएर सेवा गर्दै जाने प्रतिबद्धता पनि प्रकट गरेका थिए । सो कार्यक्रमको सहजीकरण सच्चिदानन्द सिंहले गर्नु भएको थियो ।