• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागू औषध तथा साइबर क्राइम सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • वीरगंज संजाल
  • १० श्रावण २०८०, बुधबार ०९:०९
  • ११४९

    वीरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरमा अध्ययनरत विद्यार्थीहरूसँग लागू औषध तथा साइबर क्राइम सम्बन्धी अन्तरक्रिया गरिएको छ । कार्यक्रममा पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले लागू औषध, साइबर क्राइम, सामाजिक सञ्जाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरूको बारेमा जानकारी दिए । उनले सामाजिक सञ्जालको दुरुपयोगबाट आपराधिक गतिविधिहरू बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैव सजग हुन समेत आग्रह गरे । लागू औषधको कुलतले जीवन बरबाद हुने बताउँदै उनले पछिल्लो समय सामाजिक सञ्जालको लतका कारण पनि कयौँ आपराधिक घटना भएको बताए ।

    उनले लागू औषधको सेवनले भौतिक स्वास्थ्यमा मात्र नभएर मनोसामाजिक स्वास्थ्यमा समेत असर पार्ने बताए । त्यस्तै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहनुपर्ने सुझाव दिँदै भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा हामी धेरै सतर्क हुनुपर्छ, त्यहाँ सहजै ठगिन सकिन्छ । कुनै पनि व्यक्तिसँग सामाजिक सञ्जालमा जोडिनभन्दा पहिला उसको गतिविधि हेरेर मात्र जोडिनु पर्छ ।’एसपी शाहले प्रहरी विद्यार्थी तथा बालबालिकाहरूको साथी भएको जिकिर गर्दै भने, ‘हामी तपाईँहरूको साथी हौँ, हामीसँग डराउनु पर्दैन । तपाईँको गाउँ-ठाउँ, टोल-छिमेकमा कुनै पनि आपराधिक गतिविधि भए प्रहरीलाई खबर गर्नुहोला । यसरी हामी एक अर्कालाई सहयोग गर्न सक्छौँ ।’त्यस्तै केन्द्रका अध्यक्ष रामकुमार सर्राफले प्रविधिको प्रयोग बढ्दै संसार साँघुरिएको अवस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढ्दै गएको बताए । उनले पनि एसपी शाहको कुरालाई दोहोर्‍याउँदै भने,

    ‘सामाजिक सञ्जाल प्रयोग गर्दा साह्रै सचेत हुनुपर्छ ।’सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका – ११ का वडाध्यक्ष अजय कुमार बरै, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाही, जिल्ला प्रहरी कार्यालय पर्सास्थित महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक मनीषा लौडारी, सामुदायिक सेवा केन्द्र श्रीपुर-मुर्लीका सचिव दिलीप प्रधान, वीरगञ्जस्थति सामुदायिक आँखा अस्पतालका प्रमुख महेश सिंह धामी, नेपाल राष्ट्रिय विद्यापीठ स्कुलका शिक्षक शिवनन्दन साह, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत् राई, फोनिज पर्साका अध्यक्ष अजित भुजेल, सामुदायिक प्रहरी सेवा केन्द्रकी रेखा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑