वीरगंज । सुख्खा लागेर पानीको मुहान सुकेपछि पर्सा जिल्लाको बिरगंज महानगरपालिकाको वडाहरुमा जसपाको युवा नेता समाज सेवि:-रामानन्द प्रसाद कुर्मीले आफ्नो निजि दमकलको माध्यमबाट पानी वितरण सुरु गरेका हुन ।
वीरगन्ज महानगरपालिका अन्तरगतको सम्पूर्ण वडामा पानीको हाहाकार मचेपछि वीरगंजबाट लगभग २० किलोमिटर टाढा रहेको गाउँ बाट आफ्नो निजि दमकलमा ६ हजार लिटर पानी ल्याएर आज बिरगंजबासीलाई पानी वितरण सुरु गरिएको नेता कुर्मीले बताए । दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार टोलटोलमा दमकलबाट पुर्याइएको कुर्मीले बताए ।
मानव सेवा तथा प्राकृतिक प्रकोपमा दिने सेवाको कुनै सिमा र क्षेत्र हुन्दैन साथै सम्पूर्ण पालिकाले यो विपतको घडीमा नगरपालिकामा भएकाे पानी अभावलाई परीपुर्ती गर्न एकबद्धता भएर सेवा दिन अगाडि बढनु पर्ने समय आएको कुर्मीले बताए । वीरगन्ज लगायत पर्साको विभिन्न ठाउँमा खानेपानीका मुहान सुकेकाले यतिबेला पानीको हाहाकार भएको छ । यस अघि कोरोनाकालमा पनि कुर्मीले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका भएको थिए ।