• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साका ९ वटा पालिकाले अझै पनि ल्याएनन् बजेट

  • वीरगंज संजाल
  • ९ श्रावण २०८०, मंगलवार ०८:०६
  • २०६१

    वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको एक साता बितिसक्दा पनि पर्साका ९ वटा पालिकाले अझै पनि बजेट ल्याउन सकेका छैनन् । जिल्लामा रहेका १४ वटा पालिकामध्ये नौ वटाले अझै पनि बजेट ल्याउन नसकेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटअनुसार पर्सा जिल्लाको सदरमुकाम वीरगन्ज महानगरपालिकासहित पाँच वटा पालिकाले मात्र बजेट ल्याएका छन् । बजेट ल्याएर मन्त्रालयको वेबसाइटमा बजेट प्रविष्ट गर्ने पर्साका पालिकाहरुमा वीरगन्ज महानगरसहित जगरनाथपुर गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामात्र रहेका छन् ।

    जिल्लाका अन्य ९ वटा पालिकाले भने हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्नेमा पोखरिया नगरपालिका, छिपहरमाई गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिका रहेका छन् । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्रै गाउँ तथा नगर सभा सम्पन्न गरी बजेट ल्याइसक्नुपर्छ । ऐनको दफा २१ मा नेपाल सरकारका अर्थमन्त्रीले प्रत्येक वर्ष संविधानबमोजिम आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुपर्ने उल्लेख छ । त्यसै गरी प्रदेशका अर्थमन्त्रीले असार १ गतेभित्र र गाउँ तथा नगर कार्यपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    मन्त्रालयका सहायक प्रवक्ता उपसचिव अश्विनकुमार पोख्रेल बजेट पास गर्न नसकेका स्थानीय तहमा चालु आर्थिक वर्ष २०८०÷८१ को सुरुबाटै बजेट शून्यताको अवस्था आएको बताउँछन् । ‘स्थानीय तहले बजेट पास गरेपछि मन्त्रालयको प्रणालीमा अपलोड गर्नुपर्छ, कतिपयले पास गरिसकेपछि पनि त्यो काम गरेका छैनन्,’ उनले भने, ‘बजेट पास नभएका स्थानीय तहसँग पनि सम्पर्क गरेर समस्या बुझिरहेका छौँ ।’ निर्धारित समयमा बजेट ल्याउन नसक्ने पालिकालाई सङ्घीय सरकारबाट जाने बजेट कटौती हुने हुँदा त्यसको प्रत्यक्ष असर स्थानीय तहको विकास निर्माणमा पर्ने उनको भनाई छ । यता पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न चौहानले भने बजेट आइसकेको तर प्राविधिक कारणले मन्त्रालयको वेबसाइटमा प्रविष्ट गर्न नसकिएको बताए । ‘बजेट आइसकेको छ, तर केही प्राविधिक कारणले वेबसाइटमा प्रविष्ट गरिएको छैन । म आजै लेखा अधिकृतसँग बुझेर अपलोड गर्न लगाउँछु,’ मेयर चौहानले भने । स्थानीय तहहरूले बजेट ल्याउन नसक्नुको प्रमुख कारण नै जनप्रतिनिधि बिचको टकराब भएको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरूको स्वार्थ बाझिँदा बजेट आउन नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑