• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पानीको समस्या लिएर प्रधानमन्त्री प्रचण्डकोमा पुगे सांसद यादव

  • वीरगंज संजाल
  • ४ श्रावण २०८०, बिहीबार २२:१८
  • १५६५

    वीरगंज । वीरगञ्ज र यस आसपासका क्षेत्रमा केहीदिन यता चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि यस बारे पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहेका यादवले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेटेर वीरगञ्जमा निम्तिएको खानेपानीको भयावह स्थिति बारे ध्यानाकर्षण गराएका हुन् ।

    त्यस क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले वीरगञ्ज र यस आसपासका क्षेत्रमा केही दिन यता चापाकल लगायतका पानीको प्राकृतिक श्रोत सुक्दै गएपछि खानेपानीको लागि समेत भयावह स्थिति उत्पन्न भएको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए । वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि सरकारका तर्फबाट तत्कालै पहल थाल्न उनले प्रधानमन्त्री प्रचण्डसँग आग्रह पनि गरे । लगत्तै प्रधानमन्त्री प्रचण्डले सङ्घीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई आफ्नो कार्यकक्षमा बोलाएर वीरगञ्जमा देखिएको पानीको समस्या समाधानका लागि तत्काल कदम चाल्न निर्देशन दिएको सांसद यादवले जानकारी दिए ।

    प्रधानमन्त्रीको निर्देशनअनुसार खानेपानी मन्त्री यादवले पनि वीरगञ्जमा देखिएको खानेपानीको समस्या छिटो भन्दा छिटो समाधानका लागि मन्त्रालयले मातहतका निकायहरूलाई तत्कालै काम अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको सांसद यादवले बताए । जनस्तरको आवाज सरकारसम्म पुर्‍याउन सांसद यादवले समय समयमा अबाज उठाउँदै आएका छन् । केही दिन अगाडि मात्रै उनले पर्सा र मधेश प्रदेशका कृषकहरूले भोगिरहेको समस्याको बारेमा संसद्लाई जानकारी गराउँदै सिँचाइको व्यवस्थापन गर्न माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑