वीरगंज । बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरस्थित छठ पूजा हुने पाेखरीकाे डिलमा सिमेन्टेड भर्याङ (सिंढी) निर्माणका लागि शिलान्यास गरिएको छ ।
रुङ्गटा ग्रुपका सुरेश कुमार रुङ्गटा र चाचान ग्रुपका बाकेलाल प्रसादले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । दुवैजनाले उपलब्ध गराएकाे २१ लाख ८६ हजार रुपैयाँको लागतमा पाेखरीकाे डिलमा पक्की सिंढी निर्माण गर्न लागिएको हाे ।
शिलान्यास कार्यक्रममा परवानीपुर गाँउपालिकाका अध्यक्ष राम क्षेत्री पटेल, उपाध्यक्ष सुगान्धी देवी, वडाअध्यक्ष गम्भिरा पटेल, समाजवादी युवा संघका उपमहासचिव सराेज यादव, गजेन्द्र पटेल, प्रदीप महताे लगायतको पनि उपस्थिति रहेकाे थियाे ।