वीरगंज । वीरगञ्जस्थित हरिखेतान क्याम्पसले सार्वजनिक नालामाथि निर्माण गरेको संरचनामा वीरगञ्ज महानगरपालिकाले फेरी डोजर चलाएको छ ।
वर्षौँदेखि हरिखेतान क्याम्पसले नालामाथि पक्की संरचना बनाएर क्याम्पस सञ्चालन गर्दै आइरहेको थियो । पटक-पटकको आग्रह पश्चात् पनि क्याम्पस प्रशासनले संरचना नहटाएपछि बाध्य भएर वीरगञ्जका मेयर राजेशमान सिंह गत साता आफै डोजर लिएर क्याम्पस पुगेका थिए ।
त्यस दिन थोरै संरचना भत्काएर बाँकी रहेको आफै हटाउन क्याम्पसलाई निर्देशन दिइएपनि पुनः अटेरी गरेपछि आज दोस्रो चरणमा डोजर चलाइएको बुझिएको छ ।