वीरगंज । पोखरीमा डुबेर रौतहटमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका २ का वीरेन्द्र बैठाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आइतबार रातिदेखि उनी हराइरहेका थिए। खोजी गर्ने क्रममा सोही गाउँपालिकाको वडा नम्बर ५ मा रहेको पाखेरीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार राति ११ बजे शव भेटिएको हो।
घटनाको समबन्धमा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए।