वीरगंज । भारतमा हुने एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक भएको छ । ५ अक्टोबरबाट १९ नोभेम्बरसँग हुने प्रतियोगिताका खेलहरु १० वटा फरकफरक स्टेडियममा हुनेछन् । विश्वकप खेल्ने १० टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष ४ टिम सेमिफाइनलमा पुग्ने छन् ।
विश्वकपका लागि जिम्बावेमा भइरहेको विश्वकप छनोटबाट दुई टिम छनोट हुनेछ । प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ ।
लिगको अन्तिम खेल नोभेम्बर १२ मा हुनेछ । नोभेम्बर १५ मा पहिलो र १६ मा दोस्रो सेमिफाइनल हुनेछ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा अहमदावादमा हुनेछ ।