वीरगंज । पर्सा जिल्ला अदालतका न्यायधिश रामप्रसाद शर्माले सोमबार वीरगन्ज महानगरपालिकाको न्यायिक समितिको निरिक्षण गरेका छन् ।निरिक्षणका क्रममा न्यायधिश शर्माले न्यायिक समितिले गरेका कामको जानकारी लिए ।
उनले न्यायिक समितिले फैसला गरेको मुद्धाको पुनरावेदनमा पठाएको मुद्दा आफुले हेर्ने मौका पाएको बताउदै धेरै मुद्धा सदरपनि गरेको बताए । शर्माले न्यायिक समितिले सम्पादन गर्दै आएका कामबारे वीरगन्जका मेयर राजेशमान सिंह र न्यायिक समितिका संयोजक समेत रहेका उपमेयर इम्तियाज आलमसंग जानकारी लिएका थिए ।
त्यसअघि निरिक्षणका लागि महानगरमा पुगेका न्यायधीश शर्मालाई न्यायिक समितिका संयोजक समेत रहेका वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले खादा र दोशल्ला ओढाई फुलको गुच्छा प्रदान गर्दै स्वागतपनि गरेका थिए । त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको पनि उपस्थिति रहेको थियो ।