वीरगंज | रामनिवास कुमार पटेल | रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ मा लागु औषध (ब्राउन सुगर) सहित एक जना पक्राउ परेका छन |
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थितमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित एक जनालाइ पक्राउ गरिएको छ|
रौतहटकै चन्द्रपुर नगरपालिका वडा नं ४ मा वस्ने बन्सीधर गुरौको छोरा वर्ष ३० को बिबेक गुरौलाई प्रहरीले नियन्त्रणमा लिई उनको जिउ शरिर तलासी गर्दा अबैध लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ १.४६० (एक प्वाईन्ट चार सय साठी ग्राम) ग्राम फेला परेको छ | रौतहट जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले बताए ।