वीरगंज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरसियाले संघीय सरकारले ल्याएको बजेटामा वीरगन्जलाई उपेक्षा गरिएको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद चौरसियाले मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने वीरगन्जलाई बजेटमा उपेक्षा र विभेद गरिएको बताएका हुन् ।चौरसियाले प्रधानमन्त्रीसंग प्रश्न गर्दै भने,‘ बजेटामा वीरुगन्ज प्राथमिकतामा किन परेन ? बजेटामा वीरगन्जको विकासका लागि योजना के छ ? ’
चौरसियाले वीरगन्जको नारायणी रंगशाला , नारायणी अस्पताल , ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नत्ती र पूर्वाधार विकासका लागि कति कति बजेट विनियोजन गगरिएको छ ? भन्ने प्रश्नपनि प्रधानमन्त्रीसंग गरे । उनले वीरगन्जका लागि मात्र नभइ मधेसमा नै कम बजेट दिएको आरोपपनि लगाए । सांसद चौरसियाले गरेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।
उनले भने,‘ संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’प्रधानमन्त्री प्रचण्डले वीरगन्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।