वीरगंज । काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना पाँच जना नेपालीसहित १९ जना घाइते भएका छन् ।
आज शुक्रवार बिहान गल्छी गाउँपालिका–७ को गल्छी मोडमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनामा १२ वर्षकी भारतीय एक बालिकाको ज्यान गएको छ भने घाइते भएका १९ जनाको गल्छीमा उपचार भइरहेको छ ।
बस दुर्घटनापछि बिहान केहीबेर सडक बन्द भएको थियो । अहिले भने सामान्यरूपमा गाडी चलिरहेकाे प्रहरीले जनाएको छ । दुर्घटना भएकाे बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।