• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा जिल्ला अदालतमा मुद्दाको चाप, यो बर्ष ४० प्रतिशत मात्र फछ्यौट

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार १७:३३
  • २७९७

    वीरगंज । पर्सा जिल्ला अदालतमा मुद्दाको चाप ज्यादै र न्यायाधिशको सङख्या न्युन हुदाँ न्याय सम्पादनमा समस्या देखिएको छ । ११ जना न्यायाधिशको दरबन्दी रहेको पर्सा जिल्ला अदालतमा हाल १० जना न्यायाधिश कार्यरत छन् । चालु आर्थिक वर्षको जेठ मसान्त सम्म पर्सा जिल्ला अदालतमा ११ हजार ७ सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ४ हजार ८ सय ३६ वटा मुद्दा फछ्र्यौट भएको छ, भने ६ हजार ९ सय ४ वटा मुद्दा फैेसला हुन बाँकी छ । पर्सा जिल्ला अदालतका श्रेस्तेदार अरुण कोइरालाले काठमाण्डौँ पछि सबैभन्दा बढि मुद्दा पर्सा जिल्ला अदालतमा परेको उल्लेख गर्नुभयो । सामान्यतया प्रति न्यायाधिशले ५ सय मुद्दा हेर्ने सामान्य नियम छ ।

    तर मुद्दाको चाप बढि हुदाँ र न्यायाधिशको सङख्यामा कमी आउँदा प्रति न्यायाधिश १ हजार २ सय सम्म मुद्दाको फैसला गर्न परेको उहाँको भनाइ छ । यसरी न्यायाधिशमा मुद्दाको चाप बढ्दा न्याय सम्पादनमा ह्रास नआई मुद्दा फछ्र्यौट सङख्या भने कम भएको कोइरालाको भनाइ छ । मुद्दाको चाप बढि भएको र न्यायाधिशको सङख्या ज्यादै कम भएकाले मुद्दा फछ्यौट सङख्यामा कमी आएको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दाहरुको प्रकृति फरक फरक हुने भएकाले फैसलामा ढिलो चाडोँ हुने गर्दछ । कुनै दिन एकैदिनमा ५–६ वटा मुद्दा फछ्र्यौट हुने गरेको छ । भने कुनै मुद्दामा ४ दिनदेखि ५ दिनसम्म लाग्ने गरेको उहाँको तर्क छ । पर्सा जिल्ला अदालतमा गत वर्षको ६ हजार ४१५ मुद्दा फैसला हुन बाँकी रहेकोमा चालु आवमा ५ हजार ३२५ मुद्दा दर्ता भएको छ । १० वटा फाट रहेको पर्सा जिल्ला अदालतमा चालु आर्थिक वर्षमा ५ सय ३२ मुद्दा दायरी फाँटको फछर्यौट गरिएको छ ।

    अदालतमा कार्यरत १० जना न्यायाधीश मध्ये बिनोद कुमार पोखरेलले ६८६, रामप्रसाद शर्मा ७४८, बिष्णु प्रसाद उपाध्याय ६९१, ध्रुवराज त्रिपाठी ५२५, कृष्ण प्रसाद पौडेल ३३२, विश्वनाथ भट्टराई ६०२, प्रल्हाद कुमार योगी ४५४, विधाराज पौडेल ५१८, र ४ महिनापछि मात्र हाजिर हुन आउनुभएका पुरुषोत्तम नेपाल ४०१, भगवती शर्मा ढुंगानाले ३४४ वटा मुद्दाको फैसला गर्नुभएको छ । त्यस्तै ६७ वटा मुद्दा सरुवा भई जानुभएका न्यायाधिशले फैसला गर्नुभएको श्रेस्तेदार कोइरालाले बताउनुभयो । जिल्ला अदालत पर्सामा सामान्य घर झगडा, अंश, जग्गा किचलो देखि कर्तव्य ज्यान मुद्दा, घरेलु हिंसा, जबरजस्ती करणी, सम्बन्ध विच्छेद, देवानी लगायतका मुद्दा आउने गर्छन । सबैभन्दा बढि लागुऔषधका मुद्दाहरु अदालत आउने गरेको श्रेस्तेदार कोइरालाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑