• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरमा भाटभटेनीको २५ औँ शाखा संचालन

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार ११:३२
  • १५७७

    वीरगंज । भाटभटेनीको २५ औं शाखा जनकपुरधाममा संचालन भएको छ । एक समारोहबीच बुधबार शाखाका प्रवन्ध निर्देशक मिनबहादुर गुरुङले जनकपुरधाम उपमहानगरपालिका –१४ मुजेलियामा भाटभटेनीको २५ औँ शाखाको शुभारम्भ गरेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको स्टोर संचालनले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । आफू जनकपुरधामबारे सानै बाट जानकार रहेको र पहिला पनि धेरैपटक आइसकेको माता सीताको यो पुण्य भूमिमा केही गर्नु पर्छ भन्ने लागेर नै भाटभटेनी संचालनमा ल्याएको बताए । उनले अफू व्यवसायिक हिसाबले जोडिएर समाजका लागि केही गर्न पाउदा खुशी लागेको बताए । २ अर्ब बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा न.१४ मुजेलिया, शहीदद्वार नजिकै स्थापना भएको सो स्टोर १ बिघा १० धुर क्षेत्रफलमा बनेको छ ।

    २ लाख बढी वर्गफूट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएको भाट भटेनीले जनाएको छ । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको अध्यक्ष गुरुङले दाबी गरे । ‘हामीले अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन, स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान, उद्यमी, व्यवसायी, उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखेर रोजगार पनि प्रदान गर्दै आएका छौं, उनले भने । स्वदेश तथा विदेशबाट जनकपुरधाम घुम्न आउने पर्यटकलाईसमेत लक्षित गरी स्थापना गरिएको स्टोरमा उपलब्ध हुने सेवाले यहाँको पर्यटन व्यवसायमासमेत टेवा पुग्ने अपेक्षा गरिएको भाटभटेनी सुपरस्टोरका क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए । सो स्टोर संचालनले जनकपुरधाम मात्र नभइ आसपासका जिल्लाहरुसंगै सीमावर्ति भारतीय शहरका बासिन्दाहरु पनि लाभान्वित हुने उनले बताए । स्टोर संचालनसंगै जनकपुरको आन्तरीक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा पनि सहयोग पुग्ने हाम्रो विश्वास छ, उनले भने । स्टोरमा ग्रोसरी, किचनवेयर, रेडीमेड गार्मेन्ट, बच्चाका खेलौनाका सामान, फुटवेयर, ईलेक्ट्रोनिक्सका सामानहरु, वल्र्ड क्लास ब्राण्डेड लुगाहरु, ब्राण्डेड जुत्ताहरु लगायत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजार मूल्य भन्दा सस्तो उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराई जनाए ।

    पूर्ण वातानुकुलित एवम् आकर्षक सजावटसहित एकै स्थानमा अन्तर्राष्ट्रिय स्तरको सपिङ गर्दा यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने उनले बताए । अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, हिमालय मम, बास्किन रविन्स आइसक्रिम, अतिथि भेज रेष्टुरेन्ट लगायतको फुडकोर्ट रहेको यस स्टोरमा मल्टिप्लेक्स सिनेमा हल, बाबु नानीहरु खेल्नका लागि किड्स जोन,स्केट पार्क लगायतका सुविधाहरु पनि रहेको व्यावस्थापक भट्टराईले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशतसम्म नगद छुटसँगै निःशुल्क होमडेलिभरी सुविधा पनि दिइने जनाइएको छ । मुलुक आर्थिक संकटमा परिरहेको बेला भाटभटेनीले भने अर्थतन्त्र सुधारमा टेवा पुग्ने गरी बजार विस्तारलाई थप तीव्रता दिएको छ । निजी क्षेत्रका अन्य उद्योगी तथा व्यवसायीहरुले जस्तै भाटभटेनीले संकटको सामना गर्नुपरेको भएता पनि ठूलो आँट गरेर नै स्टोर विस्तारलाई तीव्रता दिइएको बताइएको छ । बजार विस्तारमा आफ्नै फरक शैली अपनाएको भाटभटेनीले झापाको विर्तामोडमा २६ औं तथा दमकमा २७ औँ स्टोर संचालनमा ल्याउने जनाएको छ । विर्तामोडमा हाल निर्माण कार्य चलिरहेको र आगामी असोज महिनामा संचालनमा ल्याउने जनाइएको छ । भाटभटेनीले अहिलेसम्म ८ हजार बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑