• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भिडियो बनाएर चार वर्षसम्म यौनशोषण मुद्दा : उच्चको आदेश उल्ट्याउँदै पीडकलाई थुनामा पठाउने सर्वोच्चको आदेश

  • वीरगंज संजाल
  • ६ असार २०८०, बुधबार १४:०३
  • १६०९

    वीरगंज । सर्वोच्च अदालतले बलात्कारको एक मुद्दामा उच्च अदालत पाटनको थुनछेक आदेश उल्ट्याउँदै अभियुक्तलाई थुनामा पठाउने आदेश दिएको छ । पशुपति मैनाली प्रतिवादी रहेको जबर्जस्ती करणीको थुनछेक आदेशमा सर्वोच्चको संयुक्त इजलासले थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । उच्च अदालत पाटनले ६ माघ ०७८ मा बलात्कारको यस मुद्दामा प्रतिवादी मैनालीलाई धरौटीमा रिहा गरेपछि सरकारी पक्ष सर्वोच्च पुगेको थियो । उच्चको आदेशबाट रिहा भएपछि मैनालीले पीडित महिलालाई ज्यान मार्ने धम्की दिने गरेका थिए । सर्वोच्चले उच्चको आदेशलाई ‘त्रुटिपूर्ण, अनुचित र बेरितको’ भन्दै बदर गरिदिएको छ । ‘घटना विवरण हेर्दा प्रतिवादी पशुपति मैनालीले पीडितको अश्लील (आपत्तिजनक) फोटो खिचेको र सार्वजनिक गरिदिने भनी त्रास, दबाब र अनुचित प्रभावमा पारी शारीरिक सम्बन्ध राखेको भन्ने तत्काल प्राप्त प्रमाणबाट देखिन आएको छ । प्रतिवादी र पीडितबीच आदान–प्रदान भएका एसएमएस सन्देशबाट समेत फोटो डिलिट गर्ने सन्दर्भ उल्लेख भएको पाइयो,’ न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले २६ जेठमा दिएको आदेशमा छ, ‘बुझिएका मानिसहरूको भनाइ तथा परिस्थितिबाट जबर्जस्ती करणी भएको तथ्य खुल्न आएको देखिन्छ । तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी पशुपति मैनालीले आरोपित कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार विद्यमान रहेको देखिन आयो ।’नुवाकोट घर भएकी २६ वर्षीया युवतीलाई ३१ वर्षीय मैनालीले घरमा कोही नभएका वेला बलात्कार गरेको र त्यसको भिडियो बनाई चार वर्षदेखि यौनशोषण गरिरहेका थिए । भिडियो डिलिट गरिदिने भन्दै अन्तिमपटक भेट्न बोलाएका मैनालीले उक्त भेटमा समेत इच्छाविपरीत करणी गरेको पीडितको भनाइ छ । पटक–पटक भेट्न अस्वीकार गरेपछि माइती र घरका साथै आफन्त, शिक्षक, गाउँलेसमेतलाई पनि ती फोटो भिडियो पठाइदिएको युवतीको भनाइ छ । जसपछि उनी प्रहरीमा पुगेकी थिइन् । अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा १० मंसिर ०७८ मा मैनालीलाई प्रतिवादी कायम गरी जबर्जस्ती करणी कसुरमा मुद्दा चलाइएको थियो । मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले पुर्पक्षका लागि सोही वर्ष १२ मंसिरमा मैनालीलाई जेल चलान गरेको थियो । तर, जिल्लाको यस आदेशविरुद्ध मैनाली उच्च अदालत पाटन पुगेका थिए । जहाँ संयुक्त इजलासले ६ माघ ०७८ मा एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । जसमा सुनुवाइपछि सोही वर्ष ७ माघबाट मैनाली थुनामुक्त भए ।

    उच्च अदालत पाटनका न्यायाधीशहरू भोजराज अधिकारी र जगदीश घिमिरेको इजलासले उक्त आदेश दिएको थियो । प्रतिवादीउपर परेको जाहेरी र प्रतिवादीले मौकामा बयान गर्दा करणी गरेको स्वीकार गरेको अवस्थासमेत विचार गरी मैनालीलाई एक लाख धरौटीमा छाड्ने आदेश भएको थियो । उच्चले मौकामा बयान गर्दा करणी गरेको भनी स्वीकार गरेका मैनालीलाई धरौटीमा छाडेको थियो । जाहेरवालीलाई चार वर्षदेखि जबर्जस्ती करणी गरे पनि १५ कात्तिक ०७८ मा बल्ल जाहेरी परेकाले पनि मैनालीलाई थुनामा राखिरहनु नपर्ने आदेश दिइएको थियो । मैनालीले जाहेरी दर्तादेखि नै युवतीमाथि विभिन्न दबाब दिइरहेका थिए । प्रहरीमा उजुरी दिँदैका बखत स्थानीय दुईजना जनप्रतिनिधिले समेत जहेरी फिर्ता लिन युवतीलाई धम्की दिँदै आएका थिए । उनीहरूले आर्थिक लेनदेनमा मुद्दा मिलाउन आग्रह गर्दै आएका थिए । सरकारी वकिलले प्रहरीको अनुसन्धानपश्चात् मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३)(ङ) बमोजिम सजाय मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । जसअनुसार पीडकलाई सातदेखि १० वर्षसम्म कैद हुन सक्ने प्रावधान छ । पीडित युवती पीडक मैनालीले धम्की दिने गरेको बताउँछिन् । ‘आज नभए पनि बढीमा आठ वर्ष जेल बस्ने हो म । त्यसपछि निस्केर तँलाई बाँच्न दिन्नँ भन्थ्यो । घरपरिवारबाट पनि सहयोग छैन । केही दिन संस्थामा बसेँ । अब अहिले लुकेर बाँच्नुपरेको छ,’ नयाँ पत्रिकासँग उनले भनिन् । माइतीतर्फका मान्छेलाई समेत मैनालीले धम्की दिने गरेको उनी बताउँछिन् । उनी डरले न गाउँ जान सकेकी छिन् न नातेदारकोमा नै बस्न सकेकी छिन् । प्रहरीमा उजुरी दिनुअगाडि केही समय सुदूरपश्चिममा गएर बसे पनि आफूलाई भेट्न पीडक पुगेको उनी बताउँछिन् ।

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको आदेशमा भनिएको छ–

    घटना विवरण हेर्दा प्रतिवादी पशुपति मैनालीले पीडितको अश्लील (आपत्तिजनक) फोटो खिचेको र सार्वजनिक गरिदिने भनी त्रास, दबाब र अनुचित प्रभावमा पारी शारीरिक सम्बन्ध राखेको भन्ने तत्काल प्राप्त प्रमाणबाट देखिन आएको छ । प्रतिवादी र पीडितबीच आदान–प्रदान भएका एसएमएस सन्देशबाट समेत फोटो डिलिट गर्ने सन्दर्भ उल्लेख भएको पाइयो । बुझिएका मानिसहरूको भनाइ तथा परिस्थितिबाट जबर्जस्ती करणी भएको तथ्य खुल्न आएको देखिन्छ । तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी पशुपति मैनालीले आरोपित कसुर गरेको विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार विद्यमान रहेको देखिन आयो ।

    के भएको थियो ?
    जाहेरवालीको विवाह नौ वर्षअघि नुवाकोटकै एक युवकसँग भएको थियो । श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेकै बखत तादी गाउँपालिकाकै एक कर्मचारी र युवतीका नातेदार मैनालीले एक रात आफूमाथि जबर्जस्ती करणी गरेको र आफूलाई थाहा नदिई त्यसको भिडियो खिचेको जाहेरी दरखास्तमा उल्लेख छ । त्यसपछि मैनालीले उक्त भिडियो श्रीमान्लाई पठाइदिने धम्की दिँदै पटक–पटक भेट्न बोलाउने, शारीरिक सम्बन्ध राख्ने, नग्न फोटो तथा भिडियो पठाउन दबाब दिने, भिडियो कलमा पनि उस्तै किसिमका दबाब दिने गरेका थिए । मैनालीले ती भिडियो कलका स्क्रिनसटसमेत लिएका थिए । यसरी चार वर्षसम्म यौनशोषणमा परेको उनले प्रहरीसामु बताएकी छिन् । उनको यो व्यवहारबाट दिक्क भएपछि आफूले गाउँ छाडेको, तर त्यहाँ पनि मैनालीले दुःख दिन थालेको युवतीको भनाइ छ । ‘निजबाट छुटकारा पाउन भनी म गाउँ नै छाडी काठमाडौंमा आई बसोवास गर्न लागेँ । निजले मलाई विभिन्न फोन नम्बरहरूबाट फोन गर्ने तथा म्यासेज गर्ने गर्दै आएका थिए,’ उनको जाहेरीमा छ । पटक–पटक आफूले ती सामग्री डिलेट गर्न भन्दा नमान्ने गरेको युवतीको भनाइ छ । पछिल्लोपटक १५ कात्तिक ०७८ मा भेटेर ती सबै डिलेट गर्ने भनेपछि आफू भेट्न पुगेको, तर त्यहाँ फेरि जबर्जस्ती करणी गरेको, डिलेट नगरेको र आफन्त तथा नातेदारलाई फोटो पठाइदिएको युवतीको आरोप छ । ‘निजले मेरो अश्लील फोटोहरू खिची अन्य मानिसलाई पठाइदिएको प्रमाण मसँग छ,’ युवतीले जाहेरीमा भनेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑