• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुस्लिम बालबालिकामा संस्कृत मोह

  • वीरगंज संजाल
  • ६ असार २०८०, बुधबार १२:०९
  • ११५७

    वीरगंज । फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतको मोह बढकको छ। विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन्। संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् । ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन्।उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ । संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन् । उनी भन्छन्, ‘संस्कृत सबै भाषाको जननी हो । मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ। संस्कृतले नैतिकता र शुद्ध आचरण सिकाउने गरेको छ।’

    उनले घरमा आफ्ना बाबुआमालाई विद्यालयमा पढेको र सिकेको संस्कृत भाषा, व्याकरण र मन्त्रोच्चारण सुनाउने गरेको बताए। आफरोज शेखले छोरा सलमानमा सानैदेखि आध्यात्मिक प्रवृत्तिको रहेको बताए। उनले आफू सबै धर्मको समान सम्मान गर्ने व्यक्ति भएकाले छोरा सलमानलाई संस्कृत विद्यालयमै भर्ना गराएको बताए । संस्कृतको जग छोराछोरीमा बसाल्न सकियो भने जस्तोसुकै दुःख र परिस्थितिको सामना गर्न सक्षम हुने बुबा अफरोजको ठम्याइ थियो। कक्षा ४ मा अध्ययनरत सुहाना खातुनले संस्कृतले विद्यार्थीलाई अनुशासित बनाउने बताइन्। कक्षा ४ मै अध्ययनरत अतिसा खातुनले पनि फरक धर्म मान्ने भए पनि संस्कृत अध्ययन गर्दा आफ्नै समुदाय र समाजले पनि प्रोत्साहन नै गरेको उल्लेख गरिन्। ठूलो भएपछि नर्र्स बन्ने चाहना बोकेकी अतिसाले संस्कृत जान्ने व्यक्तिलाई कुनै पनि विषय गाह्रो नाग्ने जानकारी दिइन्।

    प्राचार्य चुडामणि नेपालले विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत रहेको बताइन्। उनले विद्यालयमा ४० मुस्लिम समुदाय र ३० दलित समुदायका विद्यार्थीले पनि संस्कृत भाषा अध्ययन गरिरहेको उल्लेख गरे। प्राचार्य नेपालले मुस्लिम र दलित समुदायका बालबालिकाको पछिल्लो समय संस्कृत भाषाप्रतिको रुचिमा असाध्यै वृद्धि भएको बताए । दलित समुदायकी बालिका कुमकुम मरिकले सानैदेखि छिमेकी घरको हजुरआमाले संस्कृतमा रामायण र महाभारत पाठ गरेको देखेर आफूमा पनि संस्कृत पढ्ने मोह बढेको बताइन्। उनले विद्यालयमा संस्कृत भाषा र साहित्यका साथै विभिन्न कर्मकाण्डीका मन्त्र पनि पढाइने हुँदा संस्कृत रोचक लाग्ने गरेको चर्चा गरिन् । ठूलो भएपछि डाक्टर बन्ने र देश सेवा गर्ने मरिकको लक्ष्य छ। फरक–फरक धर्म र संस्कृति मान्ने समुदायका बालबालिकाले संस्कृत पढ्ने चाहनाले मुलुकमा धार्मिक सौहाद्र्रताको उदाहरण पेस गरेको विद्यालयका संस्कृत शिक्षक बलराम कोइरालाले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑